काठमाण्डौं । मनमैजु युवा समुहको आयोजनामा यहि चैत्र २५ गते तारकेश्वर नगरपालिका वडा नं ९ अजिमा मन्दीरमा बृहद् संस्कृति कार्यक्रम तथा कन्सर्ट हुने भएको छ ।
कार्यक्रममा चर्चीत गायिका रचना रिमाल, गायिका एसिसा महर्जन, गायक रबि कुमार रिमाल सहित ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने मनमैजु युवा समुहका अध्यक्ष हिरा महर्जनले बताउनुभयो । मनमैजु युवा समुहको दशैं प्रस्तुतीको रुपमा हुन गइरहेको उक्त कार्यक्रममा हाँस्य क्षेत्रमा बिशिष्ट पहिचान बनाउन सफल डिट्ठा साव को पात्रले चिनिनुहुने किशोर भण्डारीको समुह तथा सगरमाथा व्याण्डको विशेष प्रस्तुती समेत रहने अध्यक्ष महर्जनले बताउनुभयो ।
मनमैजु युवा समुहले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने बताँउदै चर्चीत गायिका रचना रिमालले टिकटक मार्फत आफ्ना दर्शक तथा श्रोताहरुलाई कार्यक्रममा सहभागीता जनाउन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा होष्ट सुनिल महर्जनले गर्नुहुने छ भने इभेन्टको मेडिकल पार्टनर स्लड नेपाल तथा मिडिया पार्टनर सगरमाथा पोष्ट डट कम रहेको छ । चैत्र २५ गते मध्यान्न १२ बजे हुने बृहद् संस्कृति कार्यक्रम तथा कन्सर्टमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे लगायत बिभिन्न राजनैतिक दलका नेताहरु लगायतको सहभागीता रहने छ । कार्यक्रममा सहभागीताका लागि काठमाण्डौं महानगरपालिकाको प्रमुख बालेन शाह लाई समेत विशेष आमन्त्रण गरिएको र सम्भब भएसम्म समय मिलाएर कार्यक्रममा उपस्थीत हुने आश्वासन प्राप्त भएको अध्यक्ष महर्जनले बताउनुभयो ।
बृहद सांस्कृति तथा कन्सर्टको सम्पुर्ण तयारी पुरा भएको बताँउदै कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनका अध्यक्ष महर्जनले आग्रह गर्नुभयो । मनमैजु युवा समुहले आयोजना गर्ने यस्ता सामाजिक र परोपकारी कामहरुका लागि देश बिदेशमा हुने सदस्यहरुबाट सहयोग जुटाउने गरिरहेको अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले दुवई, मलेसिया, जापान, अस्ट्रेलिया, इराक, फिनल्याण्ड, डेनमार्क, अमेरीका र बेलायतमा बस्ने संस्थाका सुभचिन्तकहरु र सदस्यहरुले कार्यक्रमका निम्ती सहयोग गर्ने गरेको बताँउदै सवै प्रति धन्यवात र आभार व्यक्त गर्नुभयो ।
वि.सं २०६८ सालमा स्थापना भएको मनमैजु युवा समुह सामाजिक र परोपकारी क्षेत्रमा विशेष योग्दान दिंदै आइरहेको छ । भुकम्प र कोरोना महामारीको समयमा युवा समुहले राहत बितरण सहित विशेष सहायताका कार्यक्रम गरेको थियो ।
चैत्र २५ गते सांस्कृतिक कार्यक्रम तथा कन्सर्टका लागि रचना रिमाल सहित ख्यातीप्राप्त कलाकार मनमैजु आँउदै
