काठमाण्डौं । नेपालमा बिक्रीका लागि अनुमतीनै नभएको मारल जेल नामको औषधी बिक्री गर्ने मारल स्टोर कलंकीले साधारण बिल जारी गरेर राज्यलाई लाखौं राजश्व छली गरिरहेको भेटिएको छ ।
यौन शक्ति बढाउने नाममा बिक्री भइरहेको मारल जेलको नेपालमा बिक्रीका लागि अनुमती नभएको र बट्टामा समेत मुल्य नभएकाले सर्वसाधारणहरु नराम्रो गरि ठगीरहेका छन् ।
नेपालमा सामान बिक्रीका लागि त्यसको खोलमा मुल्य, उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मिति र उत्पादन गर्दामा प्रयोग गरिएका मेट्रियल्सका बारेमा बाहिरी कभरमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । तर मारल स्टोर कलंकीले अनलाइन मार्फत मुल्य सुचिनै नभएको मारल जेलको उच्च मुल्य राखेर बिक्री गरेको भेटिएको छ ।
सामानमा खरिद मुल्य उल्लेख नभएको मारल जेललाई मारल स्टोर कलंकीले प्रतिपिस ८९०० सम्म लिने गरेको छ । अनलाइन मार्फत आर्कषक बिज्ञापन बनाएर बुष्ट गरिएको बिज्ञापनको पेजमा प्रतिपिस ८९०० मा अहिले ५० प्रतिशत छुटको अफर चलेको उल्लेख छ । जस अनुसार एउटा मारल जेल को प्रतिपिस नेपाली उपभोक्ताले ४४५० रुपयाँ तिर्नुपर्दछ । बिज्ञापनमा भनिएको छ “आफ्नो पुरुषत्वमा परिवर्तन ल्याउनुहोस, मारल जेल पुरुष यौन शक्तिको लागी एक प्रभावकारी र सुरक्षित उत्पादन, मारल जेल मगाएर प्रयोग गर्नुहोस यदि केहि हप्ताको प्रयोगपछि भनेको जस्तो नतिजा दिन नसके हजुरहरुले १०० प्रतिशत पैसा फिर्ता पाउनुहुने छ ।”
यस्तो आर्कषक बिज्ञापन देखेपछि यौन शक्ति कम भएका पुरुषहरु नलोभिने कुरै भएन् । ठमेलका एक व्यापारी सुरज श्रेष्ठ (परिर्वतीत नाम) ले आफु र आफ्ना साथीको लागि भन्दै तिन पिस मारल जेल मगाँउछन् । पैसा र्फिता हुने ज्ञारेन्टी दिएर ढुक्क भएर सामान मगाएका सुरजले प्रयोग गरेको दुई हप्ता सम्म पनि राम्रो काम नगरेपछि निरास बनेका छन् । उनले भने “ आर्कषक बिज्ञापनका कारण म जस्तै अन्य धेरै मानिसहरु ठगीएका छौं, सामाजीक प्रतिष्ठाका कारण बाहिर बोल्न पनि मिलेन तर यो जेलको नाममा हामी ठगीयौं, तपाँईहरुले आवाज उठाइदिनुप¥यो”
मारल जेल रसियन उत्पादन हो । नेपालमा बिक्रीको लागि कुनै अनुमती नपाएको यो जेल भन्सार छली गदै भारतबाट नेपाल भित्रीएको हो । नेपालका बिक्रीको लागि अनुमती नभएको मारल जेल आर्कषक बिज्ञापन बनाएर अनलाईन मार्फत चर्को मुल्यमा बिक्री भइरहेको छ । अझ रोचक कुरा त चर्को मुल्यमा बिक्री भइरहेको मारल जेल किन्ने ग्राहकले साधारण बिल पाउने गरेका छन् । प्यान र भ्याट बिना जारि हुने यस्ता बिलले नेपाल सरकारलाई करोडौं राजश्व छली गरिरहेका छन् । मारल स्टोर कलंकीले साधारण बिल जारी गरेर राजश्व छली गरिरहेको छ । हेर्नुहोस ।
सुरज (परिर्वतीत नाम)ले तिन पिस मारल जेलका लागि अनलाइन मार्फत रु १० हजार तिरेका थिए । उनलाई सामान सहित मारल स्टोर कलंकीले कुनै प्यान र भ्याट बिनाको साधारण रसिद उपलव्ध गराएको छ । नेपालमा सामान बिक्री बितरणका लागि प्यान वा भ्याट बिल अनिवार्य रुपमा जारी गर्नुपर्दछ । अनलाइन मार्फत दैनिक लाखौंको व्यापार गर्ने मारल स्टोरले राज्यलाई यसरी करोडौंको राजश्व छलीगरिरहेको देखिन्छ । मारलको कर छलीको बारेमा हामी थप खोजी सामाग्रीहरु उपलव्ध गराउने छौं ।
“मारल जेल” को नाममा चर्को मुल्य असुली, साधारण बिल जारी गरेर करोडौंको राजश्व छली
