नुवाकोटको थानापतिका पुर्व वडा अध्यक्ष सिटौलाको निधन

रबिन थपलिया । काठमाण्डौं । मंसिर ३० । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत साविकको थानापति गाँउ बिकास समिति वडा नं ७ का पुर्व वडा अध्यक्ष कृतिराज सिटौलाको निधन भएको छ ।
दम र प्रेसरको रोगले ग्रस्त सिटौलाको मंसिर २९ गते निधन भएको हो । २००७ साल साउन २५ गते जन्मनु भएका सिटौलाको जिबननै नेपाली काँग्रेसको राजनीतिमा बितेको थियो । २०४६ सालमा नेपाली काँग्रेस थानापति गाँउ इकाईको संस्थापक समेत रहनु भएका सिटौला पार्टीले दिएको बिभिन्न जिम्मेवारी निर्वाह गदै लामो समय सम्म इकाई सचिबमा रही काँग्रेसको संगठन बिस्तारमा योग्दान दिनुभएको थियो । स्व सिटौला नुवाकोट काँग्रेसका पुराना र सादगी नेताको रुपमा परिचिति हुनुहुन्छ ।
स्व सिटौलाका दुई छोरा र एक छोरी छन् । सिटौलाका जेठा छोरा हरी सिटौला अहिले पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनु भएको छ भने कान्छा छोरा मदन सिटौला व्यवसायमा संलग्न हुनुहुन्छ । जेठा छोरा हरि सिटौला नेपाली काँग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रीक महासंघ नुवाकोटका अध्यक्ष एवं नेपाली काँग्रेस शिवपुरी ८ थानापतिका इकाई सचिबको रुपमा कार्यरत रहनु भएको छ । स्व सिटौलाको निधन प्रति इ नुवाकोट डट कमको तर्फबाट गहिरो दुख व्यक्त गदै हार्दिक समबेदना प्रकट गर्दछौं ।