दुप्चेश्वर गाँउपालीकाका अध्यक्ष ३४ दिन पछि कोरोना मुक्त

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालीकाका अध्यक्ष योविन्द्रसिंह तामाङ ३४ दिन पछि कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोनासंग मिल्दोजुल्दो लक्षण रुघाखोकी र ज्वरो देखिएपछी असोज २४ गते उनि सहित गाउँपालिकाका उपाध्यक्ष अन्जु कुईँकेल (आचार्य) र अन्य कर्मचारीहरुले कोरोना टेष्ट गराएका थिए । उपाध्यक्ष सहित अन्य कर्मचारीहरुको यस अघिनै कोरोनाको रिपोर्ट नेगेटीभ आएपनि अध्यक्ष तामाङको भने शुक्रबार छैठौं पटकमा कोरोनाको रिपोर्ट नेगेटीभ आएको हो ।
कोरोना पुष्टि भएपछि अध्यक्ष तामाङ लामो समयदेखी होम आइसोलेसनमा रहंदै आएका थिए ।
कोरोना मुक्त भएपछि तामाङलेआफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।