भ्रष्टाचार,लुटतन्त्र नरोकेर भ्रष्टाचार विरुद्ध वोल्दा मुखमा पानी हाल्नु र मुख ख़ालि राख्नुको के अर्थ छ र ! : नेका युवा नेता महत

काठमाण्डौं । असोज ४ । नेपाली काँग्रेस नुवाकोटका युवा नेता रमेश महतले भ्रष्टाचारमा लिप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार छोप्न लाजै पचाएर अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
हिजो संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट मन्त्रीहरुलाई काँधमा बोकेर भ्रष्टाचार बिरुद्ध बोल्दा मुखमा पानी हाल्नु र मुख खाली राख्नुको केही अर्थ नभएको बताएका हुन् ।
प्रधानमन्त्रीले सो अवसरमा बोलेका तिन कुराहरु जनता झुक्याउने खेल रहेको भन्दै प्रधानमन्त्री ओलीले बोलेका तिन वटा बिषयमा महतले गतिलो जबाफ लेखेका छन् । महतले राखेको धारणा यस्तो छ ।

हिजो संविधान दिवसको ऊपलक्षमा प्र.म.ओलिले तिनवटा महत्वपुर्ण कुरा वोल्नु भएछ ।
-पहिलो भ्रष्टाचार गर्न नदिने,भ्रष्टाचार बिरुद्द बोल्दा ‘मुखमा पानी नहाल्ने’।
-दोश्रो कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको ।
-तेश्रो कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको ।
तर,
पहिलो- प्र.म. ओलि पटक पटक भ्रष्टाचार हुन दिन्न भन्नु हुन्छ।सरकारका सदस्यहरु भ्रष्टाचारमा लिप्त छन् । ईतिहासकै सवैभन्दा भ्रष्टाचार,लुटतन्त्र चलिरहेको छ नेपालमा । अनि भ्रष्टाचार विरुद्ध वोल्दा वहाले मुखमा पानी हाल्नु र मुख ख़ालि राख्नुको के अर्थ छ र ! लाजै पचाएर वसेपछि कसैको कै नलाग्ने रहेछ ।
दोश्रो- कोरोना विरुद्ध सरकारले चालेको कदम ऊराठ लाग्दो नभएको भन्नु भएको रहेछ ।कोरोना संक्रमण शुरु भएको छ महिना वितिसक्दा जनतालाई घरमा थुन्नु बाहेक केनै गरेको छ र सरकारले अनि हराभरा हुनु । बरु यत्रो भाईरस संक्रमणको पिडा खेपिरहेको नेपाली जनताको सामु स्वास्थ सामाग्री खरिदमा समेत भ्रष्टाचार हुनु कति लाजमर्दो र निन्दनिय काम हो ! यो सवैमा जगजाहेर छ ।
तेश्रो- देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको भन्नु भएको रहेछ । विश्वका सवै मुलुकहरुले भाइरस संक्रमण पछि गरिएको लकडाऊन र निषेधाज्ञा पछि जनतालाई सहयोग र सुविधा प्रदान गरिएको छ । नेपालमा सहयोग सुविधाको त कुरा परै जाओस ऊल्टो कर अशुल्न लागिपरेको छ सरकार । जनतालाई यस पिडाको घडिमा पनि कर तिर्न बध्य गराए पछि आर्थिक सुचांक त राम्रै हुने नै भयो । यता बिकास निर्माणका काम पनि त ठप्प छ । कर अशुल्ने र बिकासको काम नगरे पछि सुचकांक राम्रै देखिने भैहाल्यो । धन्य छ प्र.म. ज्यू ।