क्यान्सर पिडित बिरामीलाई संसद मैनालीले घरमै पुगेर गरे आर्थिक सहयोग

काठमाण्डौं । भाद्र २६ । नुवाकोटका संसद बद्री मैनालीले क्यान्सर रोगीलाई आर्थिक सहयोग गरेका छन् ।
बिहीबार संसद मैनालीले नुवाकोटको सूर्यगढी गाउँपालिकाका वडा नम्बर ४ का स्थायी बासिन्दा अर्जुन गिरीका लागि नगद २५ हजार रूपैयाँ सहयोग गरे । बोन क्यान्सरबाट पीडित गिरीको अहिले उपचार भैरहेको छ । नुवाकोटका समस्यामा परेका जनताहरुका लागि संसद मैनालीले आर्थिक सहयोग गदै आइरहेका छन् । मैनालीले आर्थिक सहयोग गर्दै यस्ता खालका रोगमा सरकारले निशुल्क उपचार गराउनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने प्रतवद्धता जनाए ।