काठमाण्डौं । भाद्र २५ । महामानव विपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा नेपाली काँग्रेस तारकेश्वर नगरपालीका ९ ले मनमैजु मन्दीर प्रंगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पुर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रभावसाली नेता अर्जुन नरसिंह केसी, नेपाली काँग्रेस काठमाण्डौंका सभापति कृष्ण सबुज बानीया, नेपाली काँग्रेस काठमाण्डौंका जिल्ला सदस्य लक्ष्मण महर्जन, प्रजातान्त्रीक बिचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसी, नेपाली काँग्रेस तारकेश्वरका नेता तथा महाधिवेशन प्रतिनिधि इन्द्रमान मर्हजन, नेका नुवाकोटका युवा नेता सरोज केसी, लगायतको नेताहरुको उपस्थीतिमा भएको रक्तदान कार्यक्रममा ८० पिन रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महामानव विपी कोइरालाको पार्टीमा बिचलन आउनु दुखद कुरा रहेको बताँउदै काँग्रेसलाई पुनरजागरण गर्न नेताहरुले बिपीको बाटोमा हिडने हिडनुको बिकल्प नरहेको बताए ।
नेता केसीले कोरोना महामारीका बिच पनि कम्युनिष्ट सरकार कमाउ धन्दामा लागेको बताँउदै जनताले त्यसलाई प्रतिबाद गर्नुपर्ने बताए ।
नेता केसीले कोरानाको महामारीको बिच रक्तदान कार्यक्रमले रगतको अभाबलाई पुरागर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्ने नेपाली काँग्रेस काठमाण्डौंका सभापति कृष्ण सबुज बानियाँले कोभिड १९ को यो संकटका बिच वडा कार्यसमितिले रक्तदान गरेकोमा धन्यवात दिंदै अभावको बिच संकलन भएको रगतले बिरामीको ज्यान बचाउन मद्धत पुग्ने बताए ।

नेता बानियाँले कम्युनिष्ट सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताँउदै काँग्रेसले त्यसलाई खबरदारी गर्न छाडन नहुने बताए ।
रक्तदान गर्ने रक्तदाताहरुलाई काँग्रस नेता केसीले प्रमाणपत्र दिनुभएको थियो ।



