खुकुलो पारिएको निषेधाज्ञाको ‘मोडालिटी’ यस्तो छ

काठमाडौं : उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याएको छ ।

बैठकले खुला ठाउँमा भिडभाड हुन नपाइने, जात्रा पर्व, महोत्सव बन्द गर्ने, सवारीसाधन जोरविजोर प्रणालीबाट सञ्चालन गर्ने, सामग्री तथा वस्तु होम डेलिभरी गर्न पाउने, होटल बन्द रहने, सपिङ मल र फेन्सी पसल हप्ताको तीनमात्र खोल्न पाइने, फुटपाथ र अन्य व्यापार व्यवसाय विहान ११ र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने, बाहिर हिड्दा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने, पैदल यात्रा गर्दा भीडभाड हुन नदिने र सामाजिक दुरी कायम गर्नुपर्ने लगायत निर्णय गरिएको छ । निर्णय अनुसार कम्प्युटर, अटो मोबाइल पसल, र फर्निचर सोमबार र बुधबार खोल्न पाइने छ । त्यस्तै, सपिङ मलहरु शनिबार, सोमबार र बुधबार खोल्न दिने निर्णय गरिएको छ ।


बिहिबार देखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ ।सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए । स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको उनको भनाई छ । 

यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने समेत जनाइएको छ । उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पहिलोपटक भदौँ ३ गते देखि निषेधाज्ञा जारी गरेका थिए ,त्यस्तै दोस्रो पटक भदौ १० र १७ गते निषेत्राज्ञा थप गरिएको थियो ।