शिवपुरी गाँउपालीकामा अत्यावश्यक बाहेकको सवै सेवा बन्द, खाध्यान्न पसल बिहान ६ देखि १० बजे सम्म मात्र खोल्न पाइने

काठमाण्डौं । भाद्र ११ । नुवाकोटको शिवपुरी गाँउपालीकामा एकैपटक ७ जना कोरोना संक्रमीत भेटीएपछि गाँउपालीकाले सुचना प्रकाशन गरी लकडाउनको पुर्ण पालना गर्न सर्वसाधारणलाई अपील गरेको छ ।
कोरोनाको संक्रमढा बढेसंगै गाँउपालीका भित्रका पसलहरु बिहान ६ बजे देखि १० बजे सम्म मात्र खोल्न दिने निर्णय भएको गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
भाद्र ८ गते गाँउपालीका भित्रका पसल व्यवसाय गर्नेहरु, गाडी ड्राइभरहरु र गाँउपालीकाका कर्मचारी सहितलाई ६७ जनाको कोरोना परिक्षण गरिएको मध्य ७ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि गाँउपालीकाले यस्तो आब्हान गरेको हो ।
कोरोना संक्रमीत ७ जनालाई आजै नुवाकोट जिल्ला स्थीत आइसोलेसनमा राख्नको लागि गाँउपालीकाले पठाइसकेको छ ।
Image may contain: text
शिवपुरी गाँउपालीकाले केहिबेर अघि मात्र निकालेको बिज्ञप्ती अनुसार गाँउपालीकाबाट उपलव्ध गराइने अत्यावश्यक सेवा बाहेकको सवै सेवा बन्द रहेको उल्लेख गरिएको छ ।
गाँउपालीकाले एक वडाबाट अर्को वडा सम्म नजान, मानिस जमघट नहुन, बिभिन्न चाडपर्व र मेलामा मानिसको जमघट नगराउन समेत सबैमा अपील गरेको छ ।