काठमाण्डौं । भाद्र ११ । नुवाकोटको शिवपुरी गाँउपालीकामा गाँउपालीकाको कर्मचारी सहित एकैपटक ७ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
भाद्र ८ गते गाँउपालीका भित्रका पसल व्यवसाय गर्नेहरु, गाडी ड्राइभरहरु र गाँउपालीकाका कर्मचारी सहितलाई ६७ जनाको कोरोना परिक्षण गरिएको थियो ।
जस अनुसार गाँउपालीकाको वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जना र गाँउपालीकाको एक जना कर्मचारीमा कोरोना संक्रमण भेटीएको हो ।
कोरोना संक्रमीत ७ जनालाई एम्बुलेन्स मार्फत गाँउपालीका ल्याउने कार्य भइरहेको र सबै जम्मा भएपछि जिल्ला अस्पताल नुवाकोटको आइसोलेसनमा पठाइने शिवपुरी गाँउपालीकाको अध्यक्ष रामकृष्ण थापाले बताए ।
गाँउपालीका भित्र एकैपटक यतिको संख्यामा कोरोना संक्रमीत भेटीएपछि गाँउपालीकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले गाँउपालीकाको सबै प्रवेश नाकामा सिल्ड गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
सवै नाका शिल्ड गरिएपछि काठमाण्डौंबाट शिवपुरी प्रवेशमा रोक लगाइएको छ ।
यस अघि भाद्र सुरु भएलगतै पहिलो पटक गाँउपालीकाका ५४ जना जनप्रतिनिधि सहितको कोरोना चेक गरिएकोमा सबैको रिपोर्ट नेगेटीभ आएको थियो ।
गाँउपालीकाले भाद्र १० गते नुवाकोट प्रवशेनाका गुर्जेका नेपाली सेना, नेपाल प्रहरी र केहि होटल व्यवसायीहरु सहित ३३ जनाको समेत कोरोना परिक्षण गराएको त्यसको रिपोर्ट पनि एक दुई दिनमा आइसक्ने अध्यक्ष थापाले जानकारी दिए ।
एकैपटक कोरोनाको संक्रमण भेटिएपछि गाँउपालीकाले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।