नुवाकोटमा लकडाउन : “ठुलालाई चैन सानालाई ऐन”

नुवाकोट । यति वेला देशभरमा लकडाउन घोषणा गरिएको छ । कारण विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण ।
केन्द्र सरकारले गत चेत्र ११ गतेदेखि लागु हुनेगरि देशभर लकडाउन घोषणा ग¥यो । त्यसको लगत्तै जिल्ला सुरक्षा समिति नुवाकोटले पनि जिल्लाभित्र निषेधाज्ञा जारी ग¥यो ।

त्यसको लगत्तै नुवाकोट प्रहरी र प्रशासनले पनि जिल्लामा लकडाउन घोषणा र निषेधाज्ञा जारी भएको विगुल फुक्यो । लकडाउन घोषण भएको भोलिपल्टदेखि नुवाकोटको सदरमुकाम विदुर लगायतका चोकचोकमा लकडाउन कार्यान्यन गर्न प्रहरी परिचालन गरियो तर नतिजा शुन्य । जनताले लकडाउनको कार्यान्यनमा वेवास्ता गर्दा जिल्लामा लकडाउन पुरै फ्लप भयो । नुवाकोटमा लकडाउन पुरै फ्लप भएको भन्दै अनलाईन समाचार, पत्रपत्रिका, सामाजिक संजाल लगायतकामा नुवाकोटका प्रहरी र प्रशासनको व्यापक विरोध भएपछि प्रहरी र प्रशासनले लकडाउन कडाई गरेको भान भयो । तर केही दिनपछि फेरि उस्तै ।

त्यस्तै एकसाता अघि लकडाउनकै समयमा पनि राजधानी लगायतका स्थानबाट झण्डै २५/ ३० वस मानिसहरु जिल्ला भित्रिए त्यो पनि नेताको ठाडो आदेशमा । के नेताले ओसारेका मानिसहरुलाई चै भाइरसको संक्रमण नदेखिने हो त सिडियो साप र प्रहरी प्रमुख ज्यु ? कि त यिनीहरुलाई कोरोना संक्रमण हुदैन भनिदिनुस । यो त ठुलालाई चैन सानालाई ऐन भएन ।

                   लकडाउनको समयमा बैकमा कारोवार गर्न सेवाग्राहीहरुको लागेको भिड ।

दैनिकजसो लकडाउन उल्लघंन गरेको भन्दै जिल्ला प्रहरीले एकसयभन्दा बढीलाई समात्ने गरेको तथ्याङकले समेत जिल्लामा लकडाउन कार्यान्यनमा प्रहरी र प्रशासनको चुकेको भान हुन्छ । प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै जिल्लाको विभिन्न स्थानमा गरि करिव २५ जनाभन्दा बढीलाई केहि समय नियन्त्रणमा लिएर छाडेको छ भने बजार क्षेत्रको चोकचोकमा प्रहरी परिचालन गरिएपन त्यसको वेवास्ता गर्दै सडकमा निर्वाध रुपमा सवारीसाधन संचालन भइरहेको छ ।

सडकमा अत्याआवश्यक वाहेक सबै किसिमका सवारीसाधन संचालन गर्न प्रतिबन्ध लगाएको प्रशासनको निर्णयलाई जिस्काउँदै निर्वाध रुपमा सडकमा सवारीसाधन संचालन हुँदा प्रहरी त्यसको रमिते बनिरहेको छ । प्रशासनले लकडाउनको उल्लघंन गरेमा ६ महिना जेल हाल्ने बताउने गरेको छ । तर प्रशासनले जनतालाई सुसुचित गर्न नत जरुरी ठानेको छ नत जिम्मेवारी बनाउनेतर्फ नै सोचेको छ । त्यस्तै प्रहरीलाई सनक चढेमा एक÷एक सवारीसाधन चेक जाँच गरिन्छ भने उनीहरुलाई दिक्क लागेमा कुनैपनि सवारीसाधन चेकजाँच हुँदैन ।

                                       लकडाउनको समयमा निर्वाध रुपमा जिल्ला भित्रिएका वस ।

सडकमा चेकजाँचका लागि खटाइएका प्रहरीले कार्डधारी ठुलाबडाको न त चेकजाँच गर्छन न त रोक्ने हिम्मत । उनीहरुले डोरी घाँटीमा देखेमा चेकजाँच समेत गर्देनन । त्यस्तै सवारीसधान संचालनका लागि पास लिएकाको पनि चेकजाँच नहुँदा दुरुपयोग तिव्र बनेको छ । कसैको कार्ड अरुले नै समेत भिरेर हिँडेको समेत यो स्तम्भकारले समेत भेटेको छैन । के परिचयपत्रको चेकजाँच गर्न हामीसँग समय र जनशक्ति नभएकै हो ? हैन भने किन परिचयपत्र चेकजाँच गरिदैन ।

                                                        लकडाउनको समयमा पैदल यात्रा गर्दै विराटनगर हिँडेका यात्रुहरु ।

त्यस्तै एकसाता अघि लकडाउनकै समयमा पनि राजधानी लगायतका स्थानबाट झण्डै २५/ ३० वस मानिसहरु जिल्ला भित्रिए त्यो पनि नेताको ठाडो आदेशमा । के नेताले ओसारेका मानिसहरुलाई चै भाइरसको संक्रमण नदेखिने हो त सिडियो साप र प्रहरी प्रमुख ज्यु ? कि त यिनीहरुलाई कोरोना संक्रमण हुदैन भनिदिनुस । यो त ठुलालाई चैन सानालाई ऐन भएन ।
त्यस्तै जिल्लाका पुर्व मन्त्रिदेखि सांसद, गाउँपालिका अध्उक्ष, उपाध्यक्ष सबै आफ्ना गाडीमा मान्छे हुलका हुल बोकेर हिँडिरहेका छन त्यो वेला चेकजाँच गर्न नसकिने हो ? के नेता,सांसद,मन्त्रि र मेयर ज्युहरुलाई कोरोना संक्रमण नहुने नै हो त । के कार्डधारी सबैलाई कोरोना नलाग्ने हो त । यि आम सवाल जनताले पनि सोधिरहेका छन ।

र अन्त्यमा कोरोना भाइरसले विश्व जगतमा महामारीको रुप लिएको छ । यसको जोखिम कम गर्न सरकारले देशभर लकडाउन घोषणा गरेको छ । यसको पालना सबै नागरिकहरुले गर्न जरुरी छ । त्यसैले आफु सुरक्षित बसेर आफ्ना इष्टमित्र साथीभाईहरुलाई पनि सुरक्षित बनाउने दायित्व हामी सबैको हो । लकडाउनको कार्यान्यन गर्न प्रहरी र प्रशासनलाई सहयोग गर्न जरुरी छ । तपाईको सहयोगले नै सबै सुरक्षित रहन सकिन्छ ।

 

 विदुर खबर साप्ताहिकका 

भर्खरै प्रकाशित