नुवाकोटको प्रहरी प्रमुख फेरीए, नुवाकोटका एसपी काफ्लेको अख्तियारमा सरुवा, नुवाकोटमा कार्की

काठमाण्डौं । भाद्र ४ । नुवाकोटका प्रहरी प्रमुख एसपी अभिनारायण काफलेको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज काफले सहित ४९ एसपीको सरुवा गरेको हो । नुवाकोटका प्रहरी प्रमुख एसपी अभिनारायण काफलेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगलामा सरुवा गरिएको छ ।
काफलेको ठाँउमा नुवाकोटको प्रहरी प्रमुखमा तुल बहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । कार्की जिल्ला प्रहरी कार्यालय ललितपुरबाट नुवाकोट सरुवा भएका हुन् ।
एक बर्षको नुवाकोट बसाईको क्रममा एसपी काफलेले अपराध नियन्त्रण, अबैध नदिजन्य दोहन रोक्न विशेष अभियान चलाएका थिए ।