
हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?

काठमाण्डौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कमका सम्पादक रबिन प्रसाद थपलियालाई स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बिगत २० बर्ष देखि नेपाली पत्रकारीतामा क्रियाशील पत्रकार थपलियालाई नुवाकोट जेसीसद्धारा स्पोन्सर गरिएको स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार दिन लागिएको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ । थपलियाको रेडियो, पत्रिका र अनलाइन लगायत दर्जन बढी मिडियामा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको आज बसेको बैठकले पत्रकार थपलिया सहित त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटालाई दिर्घसेवा सम्मान–२०७७, अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल (बिष्णु तारुके) लाई स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७७ र बिबिसी नेपाली सेवाका सम्वाददाता शक्तिमाया तामाङलाई महिला पत्रकारिता पुरस्कार–२०७७द्धारा सम्मान तथा पुरस्कृति गर्ने निर्णय गरीएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिल देव खनालले बताए ।
बिगत २० बर्ष देखि नेपाली पत्रकारीतामा क्रियाशील पत्रकार थपलिया नुवाकोटबाट प्रकाशीत नयाँ रुपरेखा साप्ताहीक, एचविसी ९४ एफ एम, गोर्खा एफएम, अग्निवाँण पाक्षिक पत्रिका लगायत दर्जन बढी मिडियामा काम गरिसकेका छन् ।
उक्त पुरस्कार र सम्मान नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १० औ बार्षिक साधारणसभाको अवसरमा पुस ९ गते सुखद पाहुना घर बिदुरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ नुवाकोटले जनाएको छ ।
त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् ।
व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका थिए । ती संक्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।
कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि संक्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौंमा पठाइने गरिएको थियो ।
‘कोरोना संक्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा संक्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो,’ चिकित्सक केसीले भनिन्, ‘अस्पतालमा हाल उपचारारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौँ ।’
सेवाग्राहीको वृद्धि
अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनुपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०–६० को हाराहारीमा हुने गरेकामा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।
काठमाडौंमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । ‘कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौँ,’ अस्पतालका अध्यक्ष न्यौपानेले भने, ‘चिकित्सकका परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या बढ्दो छ ।’
अर्कातर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।
यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष (आईसीयू) सेवा सुरुवात गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पुर्याइएको छ । यससँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
रबिन थपलिया । काठमाण्डौं । मंसिर ३० । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत साविकको थानापति गाँउ बिकास समिति वडा नं ७ का पुर्व वडा अध्यक्ष कृतिराज सिटौलाको निधन भएको छ ।
दम र प्रेसरको रोगले ग्रस्त सिटौलाको मंसिर २९ गते निधन भएको हो । २००७ साल साउन २५ गते जन्मनु भएका सिटौलाको जिबननै नेपाली काँग्रेसको राजनीतिमा बितेको थियो । २०४६ सालमा नेपाली काँग्रेस थानापति गाँउ इकाईको संस्थापक समेत रहनु भएका सिटौला पार्टीले दिएको बिभिन्न जिम्मेवारी निर्वाह गदै लामो समय सम्म इकाई सचिबमा रही काँग्रेसको संगठन बिस्तारमा योग्दान दिनुभएको थियो । स्व सिटौला नुवाकोट काँग्रेसका पुराना र सादगी नेताको रुपमा परिचिति हुनुहुन्छ ।
स्व सिटौलाका दुई छोरा र एक छोरी छन् । सिटौलाका जेठा छोरा हरी सिटौला अहिले पनि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनु भएको छ भने कान्छा छोरा मदन सिटौला व्यवसायमा संलग्न हुनुहुन्छ । जेठा छोरा हरि सिटौला नेपाली काँग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रीक महासंघ नुवाकोटका अध्यक्ष एवं नेपाली काँग्रेस शिवपुरी ८ थानापतिका इकाई सचिबको रुपमा कार्यरत रहनु भएको छ । स्व सिटौलाको निधन प्रति इ नुवाकोट डट कमको तर्फबाट गहिरो दुख व्यक्त गदै हार्दिक समबेदना प्रकट गर्दछौं ।
नुवाकोट । वि.स २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरु पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ ।
जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा विद्यालय पुन निर्माणका लागि २१ करोड, ३९ लाख,५७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७४÷७५ मा ४८ करोड २४ लाख १२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५÷७६ मा विद्यालय र शौचालय निर्माणको लागि ३४ करोड ५ लाख ८० हजार र आर्थिक वर्ष २०७६÷७७ मा विद्यालय,शौचालय र खानेपानीका लागि ३७ करोड ८३ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७३÷७४ देखि आर्थिक वर्ष २०७६÷७७ सम्म नेपाल सरकारको अनुदानमा विद्यालय व्यवस्थापन समितिमार्फत २ सय ७७ ओटा विद्यालयको ७ सय ८८ कक्षा कोठाको पुननिर्माण भएको जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटले जनाएको छ ।
ककनीमा २५ वटा विद्यालयका ९४ वटा कक्षाकोठा, किस्पाङमा १४ ओटा विद्यालयको ५२ ओटा कक्षाकोठा, तादीमा १४ वटा विद्यालयकाृे ४३ ओटा कक्षाकोठा, तारकेश्वरमा २० वटा विद्यालयको ७५ ओटा कक्षाकोठाको निर्माण गरिएको छ ।
यस्तै दुप्चेश्वरमा २६ वटा विद्यालयको ८१ कक्षाकोठा, पन्चकन्यामा १२ ओटा विद्यालयको ५४ ओटा कक्षाकोठा,, विदुरमा २७ वटा विद्यालयको ९८ ओटा कक्षाकोठाको पुननिर्माण सम्पन्न भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाको १५ विद्यालयको ६९ ओटा कक्षाकोठाको पुननिर्माण सकिँदा, म्यागङ गाउँपालिकामा १७ ओटा विद्यालयको ६० कक्षाकोठा, लिखु गाउँपालिकाका ११ ओटा विद्यालयको ४५ ओटा कक्षाकोठाको पुन निर्माण सकिएको छ । त्यस्तै शिवपुरीमा २३ ओटा विद्यालयको पुननिर्माण सकिँदा ८५ ओटा कक्षाकोठाको पुननिर्माण सकिएको छ भने सुर्यगढी गाउँपालिकामा १३ ओटा विद्यालयको ४१ ओटा कक्षाकोठाको पुननिर्माण व्यवस्थापन समितिमार्फत सम्पन्न भएको छ ।
यस्तै जापान सरकारको क्रृण सहयोगमा ५७ ओटा विद्यालयको लागि २ अर्व १५ करोड ३० लाख ८५ हजार रुपैयाँ विपद उत्थानशिल विद्यालय परियोजनामार्फत ६ ओटा विद्यालय पुननिर्माण भइरहेको छ । त्यसको लागत २४ करोड ८७ लाख ५४ हजार रुपैया हुने अनुमान गरिएको जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटले जनाएको छ । भुकम्प जानुअघि नुवाकोटमा ४ सय ५३ ओटा विद्यालयहरु रहेका थिए । तीमध्ये भुकम्पका कारण ३ सय ६४ विद्यालय पुर्ण क्षति र एकसय २० वटा विद्यालयमा आंशिक क्षति पुगेको थियो ।
काठमाण्डौं । नुवाकोटको पञ्चकन्या गाँउपालीका २ कबिलास काडेपानी स्थीत काडेपानी चौतारोको एक भव्य कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
नेपाली काँग्रेस नुवाकोटका नेता एवं प्रदेश सभा सदस्यका उम्मेद्धवार रमेश महतले नवनिर्मीत चौतारोको उदघाटन गर्नुभएको हो ।
पञ्चकन्या २ कबिलास काडेपानि स्थित स्वर्गीय भुवन प्रसाद अर्याल एवंम तारादेवि अर्याल द्वारा निशुल्क रुपमा दिएको जग्गामा निर्मित ऐतिहासिक काडेपानि चौतारो करिव चार लाख लागतमा निर्माण गरिएको हो ।
स्थानीय युवा व्यवसायी एवं नेपाली काँग्रेस नुवाकोटका युवा नेता कृष्ण मिश्रको पहलमा पञ्चकन्या गाउँपालिका भित्र रहेको पुरानो तथा ऐतिहासिक चौताराहरुको ब्यवस्थित रुपमा निर्माण गर्ने अभियान अन्तर्गत पहिलो चौतारोको रुपमा निर्माण गरिएको हो । मिश्रका अनुसार पञ्चकन्या गाँउपालीकाको ५ वटा वडामा ७ वटा चौतारो निर्माण गरिने छ । चौतारो निर्माणका क्रममा सरकारी निकायमा गएर सहयोग नलिने बताँउदै नेता मिश्रले स्थानीयबासीहरुबाट प्राप्त हुने सहयोगमा नपुग रकम थप गरेर आफैलेनै निर्माण सम्पन्न गराउन लागिएको बताउनुभयो ।
निर्मित चौतारोको उदघाटन गर्ने क्रममा नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य एंवम पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्का , नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य बैकुण्ठ मिश्र , जि पि फाउन्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठक ,पुर्व गाबिस अध्यक्षहरु गणेश प्रसाद मिश्र ,माधव प्रसाद खनाल ,क्षेत्रीय सचिव महानन्द ढकाल ,नेपाली कांग्रेस नुवाकोटको संगठन बिभाग सचिव जगदिश कुईकेल लगायतले सामाजीक काममा अग्रसर भएका मिश्र समाजका उदाहारणीय पात्र रहेको बताँउदै उहाँबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो ।
चौतारो निर्माण गरिदिने स्थानीय युवा व्यवसायी एवं नेपाली काँग्रेस नुवाकोटका युवा नेता कृष्ण मिश्रले कार्यक्रममा सहभागी भई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा चौतारो निर्माणको क्रममा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालीकाका अध्यक्ष योविन्द्रसिंह तामाङ ३४ दिन पछि कोरोना संक्रमण मुक्त भएका छन् ।
कोरोनासंग मिल्दोजुल्दो लक्षण रुघाखोकी र ज्वरो देखिएपछी असोज २४ गते उनि सहित गाउँपालिकाका उपाध्यक्ष अन्जु कुईँकेल (आचार्य) र अन्य कर्मचारीहरुले कोरोना टेष्ट गराएका थिए । उपाध्यक्ष सहित अन्य कर्मचारीहरुको यस अघिनै कोरोनाको रिपोर्ट नेगेटीभ आएपनि अध्यक्ष तामाङको भने शुक्रबार छैठौं पटकमा कोरोनाको रिपोर्ट नेगेटीभ आएको हो ।
कोरोना पुष्टि भएपछि अध्यक्ष तामाङ लामो समयदेखी होम आइसोलेसनमा रहंदै आएका थिए ।
कोरोना मुक्त भएपछि तामाङलेआफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।
कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो ।
लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । सुनको बजार मूल्य रु ४२ लाख तीन हजार ९६ रहेको प्रहरीको भनाइ छ । गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।
काठमाण्डौं । नुवाकोटको लिखु गाँउपालीका ४ घर भई हाल मध्यपुर नगरपालीका ३ भक्तपुरमा बस्दै आएका युवा दिनेश थपलिया “आक्रोश”ले नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको भक्तपुर इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
माओबादी जनयुद्धमा राज्यपक्षबाट चरम दमन खेपेर पनि पार्टीको जिम्मेवारीलाई सफलतापुर्व पुार गरेका थपलिया तार्की र नेतृत्व दिन सक्षम युवाको रुपमा पार्टी पंत्तीमा चिनिन्छ । उनिभित्रको त्यो अदभुत क्षमताको पार्टीले मुल्यांकन गरेका कारण बहुसंख्यक भक्तपुरको रैथानीयाहरुका युवाहरुको नेतृत्व गर्ने अबसर पाएका छन् ।
२०५७ देखि नेकपा माओबादी पार्टीको पुर्णकालिन सदस्य तथा भुमिगत भएका थपलियालाई तात्कालीन सरकारले दुई बर्ष हिरासतमा राखेर चरम यातना दिएको थियो । २०५८ चैत्र गिरफ्तार भएका थपलिया २०६० चैत्र २६ गते रिहा भएका थिए ।
रिहा भएपछि थपलिया पार्टीले दिएको जिम्मेवारीलाई निर्वाह गदै निरन्तर पार्टी संगठनमा रहेर काम गदै आइरहेका छन् ।
थपलिया वाइसीएल नेपाल भक्तपुर जिल्ला अध्यक्ष, नेकपा भक्तपुर जिल्ला सदस्य, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन् ।
सशस्त्र जनयुद्धमा पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गरेका त्यस बेला देखिनै प्रचण्डका विश्वास पात्रका रुपमा रहंदै आएका छन् । भक्तपुरमा सरकारी कार्यालयहरुको बेथीति, कालोबजारी र भ्रष्टाचार नियन्त्रण लगायतमा उनले अभियाननै चलाँउदै आइरहेका छन् ।
उत्पादनलाई बजार अभाव हुन नदिने नाममा विगतका वर्षहरुका तात्कालिन कृषि इञ्जिनियरिङ्ग निर्देशालय मार्फत एउटै कम्पनीलाई करोडभन्दा बढी अनुदान उपलब्ध गराएर एग्रा मार्ट सञ्चालन गर्न लगाएको थियो । विभिन्न जिल्लामा एग्रो मार्ट स्थापना गर्ने नाममा सरकारी ढुकुटी रित्याउन सेटिङमा बनाइएका थिए एग्रो मार्टको योजना ।
तर, यतिखेर कोरोनाको त्रासमा रहेका बेला सरकारी अनुदानमा सञ्चालन गर्ने भनिएका त्यसता एग्रो मार्टहरु कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरी किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण गर्न सक्नु पर्ने थियो ।
जुन उदेश्य र प्रयोजनका लागि खुल्ने भनिएका त्यस्ता एग्रोमार्टहरु कागजी रुपमा त खुलेका होलान् तर व्यवहारिक रुपमा उपभोक्ताहरुको पहुँचमा पुग्न भने सकेन । मुलुकमा करिव दुई तिहाइको सरकार छ । त्यसमा पनि कृषिमा आत्मनिर्भर बन्ने सपना बोकेको सरकारले त्यस्ता सरकारी रकमबाट खुलेका एग्रोमार्टहरुलाई अहिले विषम परिस्थितिमा सक्रिय गराउन सक्थ्यो होला । भनाईको मतलव किसानहरुले उत्पादन गरेका कृषि उपजलाई त्यस्ता मार्टहरु मार्फत विक्री वितरणको व्यवस्था मिलाउन सक्नु पर्दथ्यो तर सकेन् ।
आखिर किन सकेन ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा विभिन्न आयोजना तथा कार्यालयहरुले कृषि बजार व्यवस्थापन गर्ने नाममा हरेक वर्ष एग्रो मार्ट सञ्चालनका लागि बजेट विनयोजन गरेको देखिन्छ । त्यस्ता एग्रो मार्टका लागि योजना बनाउँदादेखि नै सेटिङ मिलाएर प्रस्ताव हाल्न लगाउने र सोही प्रस्तावका आधारमा रकम हजम गर्ने काम गरिने गर्दछन् । जसको परिणाम दर्जनभन्दा बढीका संख्यामा अनुदान दिएर स्थापना गरिएको (कागजमा मात्र सिमित) एग्रोमार्टहरुले राज्यलाई असहज हुँदा उपभोक्ताहरुलाई सेवा दिन भने सकेनन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल जस्तो भ्रष्ट विरोधी कृषि मन्त्री हुँदा भ्रष्टाचारमा मौलाएको र सोही आधारमा कागजी मार्ट खोलेर सरकारी सम्पत्ति झ्वाम पार्नेहरुलाई ऐन कानून बमोजिम कार्वाही गर्ने तत्परता देखाएको पाईएन ।
यसले मन्त्री भुसालले मन्त्री हुनुभन्दा अगाडि जे जति बोल्ने गर्दथे ती सवै जनतालाई पंगु बनाउने चालबाजी मात्र हो भन्दा फरक नपर्ला ? किनकी मन्त्री आफै स्वच्छ छविका भएका बेला कृषिमा र कोरोनाको संकटका बेला समेत सरकारी अनुदानबाट सञ्चालन गरिएको भनिएको एग्रो मार्टहरु चलाउन सकेनन् र नभएका एग्रो मार्टको रकम सरकारी कोषमा राख्न समक्ष भएनन ।
नुवाकोटमा नेपाल कम्युनिष्ट पाटीको प्रत्येक कार्यक्रममा हिजो आज पाटी प्रबेश गर्नेको संख्यामा बृद्धि भएको छ । कोरोना कहरका बिच रहरले पाटी प्रबेश गरेकाहरुले नेकपाबाट निर्वाचित भएको स्थानिय सरकार भएको ठाउमा काम को प्रभावले आशा र कांग्रेशबाट निर्वाचित भएको पालिकामा निराशाको कारण पाटी प्रबेश गरेको बताउदै आएका छन् ।
आज म्यागङ गाउपालीका वडा नं ५ का निर्वाचित वडा सदस्य देबीचरण खड्का , परिवार दल नुवाकोट उपाध्यक्ष बुद्विमान बाईवा सहित म्यागङ गाउपालाकाका ६० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस तथा अन्य पाटी त्यागेर नेकपामा प्रबेश गरेका छन् । प्रबेश गर्नेहरुमा निर्वाचित जन प्रतिनिधी समेत रहेको नुवाकोट प्रचार प्रसार बिभाग प्रमुख बद्री मैनालीले बताउनु भयो । निर्वाचित वडा सदस्य देवीचरण खड्काले आजका दिन देखी नै सम्पुर्ण राजनैतिक ,सामाजिक कार्यहरू नेकपाको विधि ,प्रकिया भित्र रहि गर्ने प्रण गर्नु भयो ।
काठमाण्डौं । भाद्र २६ । नुवाकोटका संसद बद्री मैनालीले क्यान्सर रोगीलाई आर्थिक सहयोग गरेका छन् ।
बिहीबार संसद मैनालीले नुवाकोटको सूर्यगढी गाउँपालिकाका वडा नम्बर ४ का स्थायी बासिन्दा अर्जुन गिरीका लागि नगद २५ हजार रूपैयाँ सहयोग गरे । बोन क्यान्सरबाट पीडित गिरीको अहिले उपचार भैरहेको छ । नुवाकोटका समस्यामा परेका जनताहरुका लागि संसद मैनालीले आर्थिक सहयोग गदै आइरहेका छन् । मैनालीले आर्थिक सहयोग गर्दै यस्ता खालका रोगमा सरकारले निशुल्क उपचार गराउनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने प्रतवद्धता जनाए ।